Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोपावरको लाभांश प्रस्ताव: साधारण सभामा अनुमोदनको तयारी

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, ११ : ०३ मा प्रकाशित

चिलिमे हाइड्रोपावरको लाभांश प्रस्ताव: साधारण सभामा अनुमोदनको तयारी

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले आफ्नो चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहनेछ।

पुस १ गते आयोजित सञ्चालक समितिको बैठकमा उक्त लाभांश वितरणको निर्णय गरिएको हो।

लाभांश प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ, जसका आधारमा पुस १४ गतेसम्म कारोबार भएका सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको