Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १२ : १० मा प्रकाशित

चिलिमे हाइड्रोले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले २०७४ साल कात्तिक २४ गते सम्पन्न भएकाे २१औं वार्षिक साधारण सभाबाट पारित भएकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले कम्पनीकाे सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालय, नारायणचाैर, नक्साल, काठमाडाैँमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र आफ्नो लाभांश लिनुपर्नेछ । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको