Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार खुल्ने बित्तिकै रिडीको सेयर मूल्यमा ‘नकारात्मक सर्किट’

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ११ : १० मा प्रकाशित

कारोबार खुल्ने बित्तिकै रिडीको सेयर मूल्यमा ‘नकारात्मक सर्किट’

मर्जर पश्चात कारोबार खुलेको केहि मिनेटमै रिडी पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मर्जरबाट रिडि पावर कम्पनी लिमिटेड बनेको हो । 

मर्जर पश्चात बनेको रिडि पावर कम्पनी लिमिटेडको नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर आईतबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको सेयरलाई न्युनतम ओपनिङ्ग रेन्ज ७०८ रुपैयाँ ६० पैसा प्रदान गरेको थियो ।

प्रतिकित्ता ७०८ रुपैयाँमा सुरु भएको कम्पनीको सेयर मूल्य कारोबार सुरुवातको केहि मिनटमै ९.९९ प्रतिशतले घटेर ६३७.८० रुपैयाँ पुगेको छ । कम्पनीले असार ३१ गतेबाट मर्जर प्रक्रिया पुरा गरी संयुक्त कारोबार समेत सुरु गरिसकेका छन् ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि गत कार्तिक १८ गते बिहिबारदेखि दोस्रो बजारमा यी दुई कम्पनीको कारोबार रोक्का छ ।

रिडी हाइड्रो र रैराङ हाइड्रोपावरलाई १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर हुन लागेका हुन् । जस अनुसार रैराङ हाइड्रोको १०० कित्ता सेयर हुनेले अब रिडी हाइड्रोको नाममा ९३ कित्ता सेयर पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको