Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारवाही

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १२ : ५० मा प्रकाशित

काठमाडौं उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको