Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माईक्रोफाइनान्सको ब्याज आम्दानी १ अर्ब नाघ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०५ : ४७ मा प्रकाशित

मेरो माईक्रोफाइनान्सको ब्याज आम्दानी १ अर्ब नाघ्यो, अन्य अवस्था कस्तो ?

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा सामान्य गिरावट आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४४ करोड २२ लाख २८ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७.२८ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ४६ करोड ६९ लाख ८० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १४.४३ प्रतिशतले बढेर १ अर्ब ९ करोड २५ लाख ५४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९५ करोड ४७ लाख ५१ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा भने ७.२१ प्रतिशतले घटेर ६३ करोड १५ लाख ६१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६८ करोड ६ लाख ३९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । ्

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ४४ करोड २६ लाख ३९ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएलं) घटेर २.९४ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ९९ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fadf0f4f384.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको