Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माईक्रोफाइनान्सको नाफामा पहिरो, ३७ रुपैयाँले घट्यो ईपीएस

अर्थ संसार

सोमबार, २३ माघ २०७९, ०७ : २२ मा प्रकाशित

मेरो माईक्रोफाइनान्सको नाफामा पहिरो, ३७ रुपैयाँले घट्यो ईपीएस

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७६.९५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २९ करोड ४२ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ७७.४३ प्रतिशतले घटेर ९ करोड ४८ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४२ करोड २ लाख ४८ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३५.२७ प्रतिशतले घटेर ३९ करोड १७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड र जगेडा कोषमा ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११ रुपैयाँ ३० पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा रहेको छ त्यसैगरी संस्थाको खराब कर्जा ३.५५ प्रतितशबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको