Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको नाफामा व्यापक गिरावट, ४६ रुपैयाँले घट्यो ईपीएस

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ०६ : ५३ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको नाफामा व्यापक गिरावट, ४६ रुपैयाँले घट्यो ईपीएस

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले २ करोड ५५ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.३६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १६ करोड ३६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ८५.२४ प्रतिशतले घटेर ३ करोड ४५ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २३ करोड ८७ लाख ८५ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३६ प्रतिशतले घटेर २० करोड १६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३० करोड रुपैयाँ र जगेडा कोषमा ४९ करोड ३९ लाख २९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४६.०२ रुपैयाँले घटेर ८.५३ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको