Like us!
Follow us!
Connect us!
Watch us!

रिडी र रैराङको मर्जरबाट बनेको रिडी पावरको बिद्युत बिक्रि आम्दानी १ अर्ब नाघ्यो, ईपिएस कति ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०६ : १६ मा प्रकाशित

रिडी र रैराङको मर्जरबाट बनेको रिडी पावरको बिद्युत बिक्रि आम्दानी १ अर्ब नाघ्यो, ईपिएस कति ?

रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मर्जरबाट रिडि पावर कम्पनी लिमिटेड बनेको हो । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ६७ करोड ८६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ५८ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १ अर्ब १ करोड ६ लाख १० हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ८७ लाख ५७ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुगेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४९.२१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५ पैसा पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fae5ba15ca8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको