Like us!
Follow us!
Connect us!
Watch us!

भारतिय सेयर बजारमा उछाल, चार महिना पछि सूचकले पुनः ६०००० को बिन्दु नाघ्यो

अर्थ संसार

बुधबार, ०१ भदौ २०७९, १४ : ४० मा प्रकाशित

भारतिय सेयर बजारमा उछाल, चार महिना पछि सूचकले पुनः ६०००० को बिन्दु नाघ्यो

भारतको सवैभन्दा ठूलो स्टक एक्सचेन्ज बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स ६०,००० अंक पार गरेको छ। 

मंगलबार ५९८४२.२१ बिन्दुमा बन्द भएको SENSEX परिसूचक बुधबार अर्ली डिलमा १४१.६२ बिन्दुको वृद्धिका साथ ५९,९८३ बिन्दुमा पुगेको थियो र त्यसपश्चात परिसूचक  ६०,००८.११ बिन्दुमा पुगेको हो। 

अप्रिल ५ मा ६०,१७६.५० को बिन्दुमा रहेको परिसूचक त्यसपश्चात निरन्तर गिरबतका साथ ४ महिना पछि आज पुनः ६०,००० बिंदु पार गरेको हो।

बाजार ६०,००० को बिन्दुबाट अप्रिल ५ बाट आएको निरन्तर गिरावट सँगै १७ जुन मा न्यूनतम ५१३६०.४२ बिन्दुमा पुगेको थियो त्यसपश्चात सेयरबजार निरन्तर रूपमा वृद्धि भएको थियो।

 

अन्तराष्ट्रिय आर्थिक प्रभावको बाबजुत पनि भारतको सेयर निरन्तर रूपमा बढि रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको