Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई लाभांश लिन माछापुच्छ्रे बैंकको आग्रह

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, ११ : २३ मा प्रकाशित

सेयरधनीहरुलाई लाभांश लिन माछापुच्छ्रे बैंकको आग्रह

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । 

बैंकको आर्थिक बर्ष २०७३/७४ देखि ०७६/७७ सम्मको साधारणसभाले पारित गरेका लाभांशहरु केहि सेयरधनीहरु हालसम्म पनि नलिएकोले उक्त लाभांश पुर्जा लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको हो । सेयरधनीहरुले बैकको सेयर शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । 

हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीहरु भएमा डिम्याट खाता खोल्न र डिम्याट खाता भएर पनि बैंक खाता अद्यावधिक नगरेको भएमा बैंक खाता अद्यावधिक गर्न समेत आग्रह गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको