Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड बुधबार

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १० : २० मा प्रकाशित

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड बुधबार

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ ८ गते बुधबार हुने भएको छ । बिक्रि प्रबन्धक सनराईज क्यापिटलले यसअघि मंगलबार नै संस्थाको आईपिओ बाँडफाँड तयारी गरेको भएता पनि विशेष कारण बाँडफाँड बुधबारलाई सरेको जनाएको छ । 

संस्थाको आईपिओ बाँडफाँड बुधबार बिहान १० बजे बिक्रि प्रबन्धकको कार्यलयमा हुने छ । लघुवित्तको आईपीओको प्रि–अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो। 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिने छ ।

अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको