Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड, ५ जना भाग्यमानीलाई ११ कित्ता सेयर

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १० : २६ मा प्रकाशित

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड, ५ जना भाग्यमानीलाई ११ कित्ता सेयर

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज भदौ ८ गते बुधबार सम्पन्न भएको छ । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । 

गोलाप्रथाबाट ३० हजार ९ सय २९ जनाले मात्र सेयर पाएका छन् ।  सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिएकाे हाे ।

आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको छ ।  

कसरी हेर्ने रिजल्ट ?

कम्पनीकाे आईपीओकाे नतिजा सनराइज क्यापिटलको वेबसाइट, निष्काशनकर्ता धाैलागिरी लघुवित्तको वेबसाइट तथा मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै, प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको