Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनाे सुधार : नेप्से परिसूचक बढ्दा काराेबार रकम भने खुम्चियाे

नेप्से

मंगलबार, ०७ भदौ २०७९, १५ : ०५ मा प्रकाशित

नेप्सेमा झिनाे सुधार : नेप्से परिसूचक बढ्दा काराेबार रकम भने खुम्चियाे

सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले बढ्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेकाे छ । नेप्से ०.०९ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेकाे छ ।

कूल २२२ वटा कम्पनीकाे ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, मंगलबार हिमालयन दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे हाे ।  कम्पनीकाे १४ कराेड २१ लाख ८९ हजार ७ सय ३७ रूपैयाँ २० पैसा बराबरकाे काराेबार भएकाे हाे ।

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  रूरू जलविद्युत परियाेजना, मन्दाकिनी हाइड्राेपावर र अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन सिद्धार्थ इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ६.८८ प्रतिशतले घटेर ८ रूपैयाँ ९४ पैसामा झरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको