Like us!
Follow us!
Connect us!
Watch us!

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुट योजना

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १६ : ४९ मा प्रकाशित

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुट योजना

१५ वर्षदेखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउँदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत बैंकले भाद्र महिना भरी लकर शूल्कमा ७०% र लकर कि डिपोजिट (Loker Key Deposit) मा ५०% सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा आदरणीय ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधा बापत आदरणीय ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् ।

यसका साथै ग्राहकहरुको सहजताका लागी बैंकले नि:शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आईरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको