Like us!
Follow us!
Connect us!
Watch us!

नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १३ : ३३ मा प्रकाशित

नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन् ।

आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन् । 

सोहीक्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन् । तर, उनको सो छलफल संविधानविपरीत रहेको डा. भट्टराईको दाबी छ । नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपाललको संविधान अनुकूल भएन ।’ 

चुनावको मुखमा ‘राष्ट्रपति उत्तेजना फैलाएर अमूक दल र नेतालाई सघाउन खोज्न नहुने पूर्वप्रधानमन्त्री डा भट्टराईको भनाइ छ । 

‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक÷पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन ।नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा ’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल÷नेतालाई सघाउन खोजेको भए झन् भएन,’ बाबुरामले ट्वीटमा उल्लेख गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको