Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ओरालो यात्रामा, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

नेप्से

विहीबार, ०९ भदौ २०७९, १५ : २३ मा प्रकाशित

नेप्से ओरालो यात्रामा, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । यतिबेला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् । बजार घट्नु पर्ने कुनैपनि खास कारण नरहेकाे अवस्थामा पनि बजार बढ्न नसक्दा अहिले लगानीकर्ताहरूले यही गर्ने भनेर ठाेस निर्णय लिन नसकेकाे अवस्था बजारमा देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा झरेकाे छ । नेप्से ०.८९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७८ अंकले घटेर ३९४.५१ विन्दुमा झरेको छ । 

कूल २१९ वटा कम्पनीकाे ४२ लाख ३४ हजार एक सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७ सय ४१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

 

त्यसैगरी, बिहीबार काराेबार रकममा हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ११ कराेड २४ लाख ६५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ६४ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.८२ प्रतिशतले घटेर ४ सय ६९ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको