Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ओरालो यात्रामै, बढेन लगानीकर्ताकाे मनाेबल

नेप्से

शुक्रबार, १० भदौ २०७९, १३ : ०८ मा प्रकाशित

नेप्से ओरालो यात्रामै, बढेन लगानीकर्ताकाे मनाेबल

आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । बजार यसरी दिनहुँ घट्न थालेपछि लगानीकर्ताहरूकाे मनाेबल पनि घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेकाे छ । नेप्से ०.८३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.७५ अंकले घटेर ३ सय ९१ रूपैयाँ ७६ पैसामा झरेकाे छ । 

कूल २१३ वटा कम्पनीकाे ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ४८ लाख ३२ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाइफ इन्स्याेरेन्स बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, शुक्रबार हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड ६८ लाख ६१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९५ प्रतिशतले बढेर एक हजार ४ सय ४५ रूपैयाँ पुगेकाे छ ।

यस दिन हाइड्राे इलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरमूल्य ८.२३ प्रतिशतले घटेर एक सय ३ रूपैयाँ ७० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको