Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा राधी विद्युतको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, १४ : ५५ मा प्रकाशित

नेप्सेमा राधी विद्युतको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार कम्पनीकाे १४७.५२ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ८१ रूपैयाँ ४० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले शुक्रबारकाे अन्तिम कारोबार मूल्य ५ सय ४९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले धिताेपत्र बोर्डको साउन ९ गते बसेको बैठकबाट १४७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको