Like us!
Follow us!
Connect us!
Watch us!

सि-आश्वाकाे नाममा नियम विपरित मनपरी शुल्क असुल्दै लक्ष्मी बैंक, लगानीकर्ता मारमा !

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, १६ : १३ मा प्रकाशित

सि-आश्वाकाे नाममा नियम विपरित मनपरी शुल्क असुल्दै लक्ष्मी बैंक, लगानीकर्ता मारमा !

लक्ष्मी बैंक लिमिटेडले सी-आश्वा शुल्ककाे नाममा मनपरी शुल्क उठाएकाे पाइएकाे छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले पब्लिक कम्पनीहरुले साधारण सेयर (आईपीओ) गर्दा लिने सी-आश्वा बापतकाे चर्को शुल्क घटाएर प्रति आवेदन ५ रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरिसकेकाे छ ।

बाेर्डले नयाँ व्यवस्था गरिसक्दा पनि लक्ष्मी बैंक लिमिटेडले सी-आश्वा बापत २५ रूपैयाँ उठाएको पुष्टि भएको छ । धिताेपत्र बाेर्डले यही मंगलबारबाट नयाँ व्यवस्था पालना गर्न सबै बैंकलाई निर्देशन दिएको थियो । तर लक्ष्मी बैंकले हिजो बिहीबारसम्म पनि २५ रूपैयाँ काटेको पुष्टि भएको हो ।

बाेर्डकाे व्यवस्थाले आईपीओ भर्ने लगानीकर्ताले चर्को शुल्कबाट मुक्ति पाएका थिए । तर केही बैंकले यसरी अझै पनि नियम बिपरित चर्काे शुल्क असुल्दा लगानीकर्ताहरू चकित परेका छन् । 

यस बिषयमा लक्ष्मी बैंकलाई बुझ्दा बैंकले करिब ३ दिन अघि नै सर्कुलर जारी गरिसकेकाले त्यस्तो हुन नसक्ने समेत बताए । लक्ष्मी बैंकका डेपुटी सिईओ सुमिद भट्टराईले यदि कुनै टेक्नीकल समस्याका कारण सिआस्वा शूल्क बापत ५ रुपैयाँ भन्दा बढि काटिएको भएमा उक्त रकम रिफन्ड गरिने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको