Like us!
Follow us!
Connect us!
Watch us!

खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, ०८ : ५५ मा प्रकाशित

खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज आइतबार भदौ १२ गते अन्तिम रहेको छ।  

आज कार्यालय समयसम्म यसमा इच्छुक लगानीकर्ताले आवेदन दिन सकिनेछन । आइपीओको पहिलो दिन नै माग भन्दा धेरै आवेदन परिसकेको थियो।  सीडीएससीका अनुसार शुक्रबार साझ सम्ममा यस आइपीओमा १ अर्ब ३३ करोड २२ लाख  रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला हो । 

यस्तो छ आईपीओको जानकारी 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा भदाै १२ गतेसम्म ढीलोमा भदाै २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ कति ?

केयर रेटिङ्गस नेपालले आईपीओ लघुवित्तको आईपीओलाई  'केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको