Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ ओरालो यात्रामा सेयर बजार, 'वातावरण राम्राे हुँदाहुँदै पनि बजार घट्नु रहस्यमय'

नेप्से

आइतबार, १२ भदौ २०७९, १४ : ५७ मा प्रकाशित

दिनहुँ ओरालो यात्रामा सेयर बजार, 'वातावरण राम्राे हुँदाहुँदै पनि बजार घट्नु रहस्यमय'

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । बजारमा राम्राे वातावरण हुँदा हुँदै पनि बजार घट्नु रहस्यमय भएकाे बताउँछन् सेयर विश्लेषक अनम केसी । 

अर्थ संसारसँग कुराकानी गर्ने क्रममा उनले भने, "बैंकहरूको निक्षेपको ब्याजदर पनि बढेन, सरकारले आयातलाई खुकुलो नबनाउने निर्णय गरेको छ, चुनावी माहोल पनि नजिकिँदै छ, बिस्तारै देशकाे सम्रग अर्थतन्त्र पनि सुध्रँदाे अवस्थामा छ । बजारमा सबै राम्रो वातावरण हुँदाहुँदै पनि यसरी बजार दिनहुँ घट्नु रहस्यमय छ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा पुगेकाे छ । नेप्से १.६५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.०५ अंकले घटेर ३८५.७० विन्दुमा झरेकाे छ ।

कूल २२४ वटा कम्पनीकाे ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । 

आइतबार अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ३३ लाख ६१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्न गत शुक्रबार विद्युत नियमन आयाेगबाट अनुमति पाएकाे छ । 

आज राधी विद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९० प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ पुगेकाे छ । 

यस दिन रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ३९ रूपैयाँ ६० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको