अर्थ संसार
काठमाडौं– दसैंमा राजधानीबाट घर जान यात्रुले अग्रिम टिकट बुकिङ गर्न अझै पाएका छैनन् । सरकारको निर्देशनमा व्यवसायीहरुले दसैंलाई लक्षित गर्दै शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेपनि यात्रुले टिकट बुकिङ गर्न नपाएको गुनासो गरेको छन् । नयाँ वसपार्कवाट पश्चिम नेपाल जाने सवारी साधनको मात्र टिकट बिक्री भए पनि कोटेश्वरवाट पूर्वका लागि छुट्ने सवारी साधनका लागि टिकट बुकिङ खुल्न नसकेको हो ।
यस्तै पूर्वका लागि नयाँ वसर्पाकवाट पनि टिकट बुकिङ खुल्न सकेको छैन् । यातायात व्यवसायीले वाटोको दुराबस्थाको कारण देखाउँदै अग्रिम टिकट खुल्ला गर्न नसकेको जानकारी गराउँदै आएका छन् । सरकारले बाटो नबनाएका कारण सवारी साधन आवागमनमा समस्या परेको भन्दै बुकिङ नखोल्ने उदित यातायात संघका व्यावसायीहरुले वताए ।
अविरल वर्षाका कारण वाटो विग्रँदा गाडी समयमा आई नपुग्ने भएकाले अग्रिम टिकट दिन नसकेको यातायात व्यावसायी कपिल नेपालले वताए । ‘टिकटको लागि दैनिक रुपमा धेरै यात्रुहरु आउने गरेका छन् । टिकट नपाई फर्किनु परेपछि आक्रोसित छन्,’ उनले भने । टिकट बुकिङ सुरु भयो भन्ने सुनेर आउँदा नपाएको यात्रुहरुले गुनासो गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस