Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसिएललाई १०० रुपैयाँमै सेयर बेच्न हम्मे-हम्मे, खोल्यो तेस्रो पटक लिलामी

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, ०७ : ०६ मा प्रकाशित

एचआईडिसिएललाई १०० रुपैयाँमै सेयर बेच्न हम्मे-हम्मे, खोल्यो तेस्रो पटक लिलामी

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा आवेदन पुनः खोलेको छ । कम्पनीले निष्काशन गरेको हकप्रदमा अवितरित संस्थापक सुमूहको सेयर बेच्न एचआईडिसिएललाई हम्मे हम्मे नै परेको छ । 

लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बेच्न कम्पनीलाई निकै नै गाह्रो परिरहेको छ । प्रारम्भमा कम्पनीले कम्पनीको लकिङ  पिरियड सकिएकै भन्दै संस्थापक सेयर पनि साधारण सरह नै दोस्रो बजारमा बिक्रि गर्न नकिने बताएको थियो तर नेपाल धितोपत्र बोर्डले कम्पनी नेपाल राष्ट्र र्बैकको नियमनमा हुने भएकाले यसको संस्थापक सेयर संस्थापक सेयरकै रुपमा कारोबार हुने निर्देशन दिएपछि अहिले कम्पनीलाई सेयर बेच्न हम्मे हम्मे परेको हो ।

संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयरमध्य २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर कम्पनीले पूनः लिलामीमा ल्याएको हो । कम्पनीले यो तेस्रो पटक लिलामीमा बिक्रि आह्वान गरेको हो ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज भदाै २० गतेदेखि असाेज ४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको