Like us!
Follow us!
Connect us!
Watch us!

सीट बाँडफाँडमा कुरा नमिले पछि कांग्रेसलाई प्रचण्डको घुर्की-‘वाममोर्चाको विकल्प अझै बाँकी छ’

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १० : ४७ मा प्रकाशित

सीट बाँडफाँडमा कुरा नमिले पछि कांग्रेसलाई प्रचण्डको घुर्की-‘वाममोर्चाको विकल्प अझै बाँकी छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसले अटेर गरे वाममोर्चाको विकल्प बाँकी रहेको चेतावनी दिएका छन् । पार्टीको बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लामो समय देखि सत्ता गठबन्धनको कार्यदल बैठक बिना निश्कर्ष टुंगिदै आएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा सत्तारुढ दलहरुबीच सीट बाँडफाँडको मोडालिटी तयार पार्न पटक पटक बसेको कार्यदलको बैठक बिना निश्कर्ष टुंगिदै आएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘संघीय निर्वाचनअन्तर्गत नेपाली काँग्रेसले सीट बाँडफाँडमा अटेर गरे वाममोर्चाको विकल्प बाँकी छ । पाँच वर्ष अघिको निर्वाचनको परिस्थितिलाई काँग्रेसले बिर्सन मिल्दैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको