Like us!
Follow us!
Connect us!
Watch us!

टोकला चियाले 'टोकला चिया तीजको लहर' कार्यक्रम गर्दै

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १५ : ५३ मा प्रकाशित

टोकला चियाले 'टोकला चिया तीजको लहर' कार्यक्रम गर्दै

टोकला चियाले तीजको अवसरमा 'टोकला चिया तीजको लहर' कार्यक्रम गर्ने भएकाे छ । उक्त कार्यक्रम युवा क्लबको आयोजनामा भाेलि (भदाै १४ गते, मंगलबार) तारीणी बहाल, मखन क्षेत्रमा सञ्चालन हुनेछ ।

टोकला चिया प्रायोजक रहेकाे उक्त कार्यक्रम नेपाली महिलाहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरी सञ्चालन गर्न थालिएको हो । वि.सं २०७३ बाट सुरू भएकाे याे कार्यक्रम पाचाैँ संस्करणमा पुगेकाे छ । 

कार्यक्रममा महिला दिदी बहिनीको लागि नाचगान गर्ने विशेष व्यवस्था तथा मनाेरञ्जनका लागि खेलकाे पनि आयोजन गरिने कम्पनीले जनाएको छ।

साेही अवसरमा टाेकला चियाले आफ्नो नयाँ उत्पादन समेत लञ्च गर्दैछ । कार्यक्रममा सहाभागी तथा उपस्थित हुने व्यक्तिहरूलाई टोकला चियाको तर्फबाट विभिन्न उपहारको पनि व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रममा कलाकारहरू : मिलन नेवा, सुवानी माेक्तान, मेघा श्रेष्ठ, राेशा फुयाँल लगायतकाे विशेष प्रस्तुती पनि हेर्न पाइन्छ । कार्यक्रमकाे सहयाेगीकाे रूपमा ताना ग्रुप रहेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको