Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चिया विकास निगमको नयाँ उत्पादन “टोकला गोल्ड लिफ टी ब्याग” अब इन्भेलपमा

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, १९ : ४१ मा प्रकाशित

नेपाल चिया विकास निगमको नयाँ उत्पादन “टोकला गोल्ड लिफ टी ब्याग” अब इन्भेलपमा

नेपालको चिरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगमले केही समय अघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवर युक्त चिया “टोकला गोल्ड लिफ टी ब्याग” इन्भेलपमा ल्याएको छ ।

कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ्ग सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी गरी ८ वटा फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो ।

आफ्नै वगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्ष भन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङ्ग सहीत इन्भेलपमा ८ वटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ ।

कम्पनीको अनुसार यो चिया भाटभटेनी, बीगमार्ट लगायतका नेपाल भरी चुनिएका केही प्रसिद्ध खुद्रा बिक्रेता मार्फत बजारमा उपलब्ध गरिएको छ र यस ८ वटा फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य रु.१६०/– देखि रु. २२५/– सम्म निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको