Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले पनि सिआस्वा शुल्क नलिने

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, ११ : १३ मा प्रकाशित

नेपाल बैंकले पनि सिआस्वा शुल्क नलिने

अबदेखि नेपाल बैंक लिमिटेडले पनि सिआस्वा शुल्क नलिने भएकाे छ ।

यसअघि १० रूपैयाँ शुल्क लिएर सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने निशुल्क सिआस्वा शुल्क प्रदान गर्ने भएकाे हाे । याे सँगै निशुल्क सिआस्वा शुल्क प्रदान गर्ने बैंकहरूकाे संख्या ६ पुगेकाे छ । नेपाल बैंकबाहेक एनआईसी एशिया बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र  कुमारी बैंकले पनि सिआस्वा शुल्क लिँदैनन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले हालै मात्र धितोपत्र खरिद सम्बन्धि सुविधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको