Like us!
Follow us!
Connect us!
Watch us!

१९ जनालाई नेपाल बैंकको सिइओ हुने इच्छा, कसले कसले दिए आवेदन ?

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, ०९ : ०८ मा प्रकाशित

१९ जनालाई नेपाल बैंकको सिइओ हुने इच्छा, कसले कसले दिए आवेदन ?

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १९ जनाको आवेदन परेको छ । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार उक्त पदका लागि आवेदन दिने अन्तिम मिति आइतबार थियो। 

आइतबारसम्म अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलकराज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुवचन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका हुन् ।

बैंकका तत्कालीन सिइओ कृष्णबहादुर अधिकारीको चार वर्षे कार्यकाल पूरा भएपछि नयाँ सिइओका लागि आवेदन माग गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको