Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा एनटीसी अब्बल

नेप्से

बुधबार, १५ भदौ २०७९, १५ : ०५ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा एनटीसी अब्बल

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेकाे छ । नेप्से १.१० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले घटेर ३ सय ८४ रूपैयाँ ५९ पैसामा झरेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । 

त्यसैगरी, बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) काे सर्वाधिक काराेबार भएकाे छ । एनटीसीकाे १० कराेड ७४ लाख ८३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य १० प्रतिशतले बढेर २ सय ५४ रूपैयाँ १० पैसा पुगेकाे छ । 

यस दिन हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.८६ प्रतिशतले घटेर ३ सय ३८ रूपैयाँ २० पैसामा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको