Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्कालाई खाद्य सहयोग आवश्यक

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, ०७ : ५१ मा प्रकाशित

श्रीलङ्कालाई खाद्य सहयोग आवश्यक

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम(डब्ल्यूएफपी)ले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलङ्कालीलाई तत्काल खाद्य सहयोग आवश्यक भएको बताएको छ ।

अकल्पनीय आर्थिक सङ्कट सामना गरिरहेको टापु मुलुकका हरेक प्रति १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाहरू सबैभन्दा बढी प्रभावित भएका बताएको छ । डब्ल्यूएफपीले आज एक विज्ञप्ति निकालेर करिब ६३ लाख सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्नुपर्ने परिस्थिति उत्पन्न भएको पनि बताएको छ ।

डब्ल्यूएफपीले देशका बालबालिकालाई विद्यालय भोजन कार्यक्रममा समावेश गर्ने योजना बनाइएको पनि जनाएको छ । औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको अभावले पिरोलिएका श्रीलङ्कालीलाई   विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सरकारले खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको