Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली सेबाेनकाे पाइपलाइनमा

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, १२ : २० मा प्रकाशित

शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली सेबाेनकाे पाइपलाइनमा

अरुण काबेली पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । 

कम्पनीले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई १ कराेड ८५ लाख ५२ हजार एक सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत कार्तिक २८ गते नै सेबाेनमा निवेदन दिएकाे थियाे । तर विद्युत नियमन आयोगले यही भदाै १२ गते, आइतबार अनुमति प्रदान गरेपछि मात्रै सेबाेनले आवश्यक प्रकृया अघि बढाएकाे हाे । 

कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

अरुण काबेली पावर लिमिटेड कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि -१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

6311a52b83df4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको