Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनाे गिरावट, बजार साइडवेजमै

नेप्से

शुक्रबार, १७ भदौ २०७९, १३ : ०६ मा प्रकाशित

नेप्सेमा झिनाे गिरावट, बजार साइडवेजमै

आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेकाे छ । नेप्से ०.०८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.७४ अंकले घटेर ३ सय ८३ रूपैयाँ २० पैसामा झरेकाे छ । 

कूल २१९ वटा कम्पनीकाे १८ लाख १ हजार २ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९८ करोड ८ लाख ५ हजार ९ सय ५१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, शुक्रबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १० कराेड ४ लाख ९८  हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ९.८० प्रतिशतले बढेर एक हजार ४ सय रूपैयाँ पुगेकाे छ ।

यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ६.१६ प्रतिशतले घटेर ८ रूपैयाँ २३ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको