अर्थ संसार, काठमाडौँ–मुलुकका मध्य तथा पूर्वी तराईका केही स्थानमा मनसुन थप सक्रिय भएकाले ती क्षेत्रका नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
विभागले आज एक सूचनामार्फत पूर्वको कन्काई, कोशी, कमला र मध्य भू–भागको वाग्मती, पूर्वराप्ती लगायतका नदी जलाधारमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान गरिएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
तराईमा तटीय तथा डुबान भइरहने क्षेत्रमा शुक्रबार बिहानपछि बहावले खतराको तहसमेत पार गर्नसक्ने सम्भावना रहेको भन्दै विभागले विशेषगरी चुरेबाट प्रवाह हुने साना नदी, मेची, निन्दा, विरिङ, त्रियुगा, खाँडो, गागन, लाबकैया र आसपासका सबै ससाना खोलाका तटीय क्षेत्रमा पनि आजदेखि शुक्रबारसम्म उच्च जोखिममा रहेकाले सचेतता अपनाउन आग्रह गरेको हो ।
विभागका बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले नदी तटिय क्षेत्रका सबै स्थानीय नागरिक, सो क्षेत्रमा आवतजावत गर्ने र सम्बन्धित सबैलाई सतर्कता अपनाउन तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत विशेष अपिल गरिएको जानकारी दिनुभयो ।
कम्प्युटर मोडलबाट गरिएको बाढी भविष्यवाणीलाई आधार मानेर विभागले नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको प्रमुख शर्माले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस