Like us!
Follow us!
Connect us!
Watch us!

बाबुरामलाई चुनाव जित्न डा. गोविन्द केसीको शुभकामाना

अर्थ संसार

शनिबार, १८ भदौ २०७९, १९ : ४६ मा प्रकाशित

बाबुरामलाई चुनाव जित्न डा. गोविन्द केसीको शुभकामाना

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ । 

भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति/विसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

भेटका क्रममा डा. केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा. भट्टराईले जनाएका छन् । उनले त्यसका लागि डा. केसीप्रति आभार प्रकट गरेका छन् । उनले डा. केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरेका छन् । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको