Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डसंगको आफ्नो तस्बिर सार्वजनिक गर्दै बाबुराम भट्टराईले लेखे यस्तो

अर्थ संसार

शनिबार, २२ असोज २०७९, ०९ : ५४ मा प्रकाशित

प्रचण्डसंगको आफ्नो तस्बिर सार्वजनिक गर्दै बाबुराम भट्टराईले लेखे यस्तो

पूर्व  प्रधानमन्त्री बाबुराम भट्टराई चितवन छोडेर गोरखा जादै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई  जितको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रचण्ड र आफ्नो फोटो सार्वजनिक गर्दै गोरखा–२ जाने प्रचण्डको निर्णयलाई स्वागत समेत गरेका छन् । गोरखा २ भट्टराईले चुन्नाव लड्ने गरेको क्षेत्र हो ।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृृदयैदेखि स्वागत गर्दछु,’ उनले लेखेका छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना !’

मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाॅको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाॅको शानदार विजयको हार्दिक शुभकामना! pic.twitter.com/a9hapxU01T

— Baburam Bhattarai (@brb1954) October 7, 2022

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको