Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सुधारकाे संकेत : गभर्नरकाे सकारात्मक अभिव्यक्तिले बढायाे लगानीकर्ताकाे मनाेबल

नेप्से

आइतबार, १९ भदौ २०७९, १५ : ०८ मा प्रकाशित

नेप्सेमा सुधारकाे संकेत : गभर्नरकाे सकारात्मक अभिव्यक्तिले बढायाे लगानीकर्ताकाे मनाेबल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । सधैँ नकारात्मक बाेल्ने गभर्नरकाे सकारात्मक अभिव्यक्तिले लगानीकर्ताहरूकाे मनाेबल बढाएकाे छ ।

शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा गत मंसिर पछि भने केही सहजता देखिन थालेको अभिव्यक्ति दिएका थिए । केही सहजता देखिए पनि अझै जोखिम कम नभएको भन्दै उनले राष्ट्र बैंकले सजगता भने अपनाईरहेको बताएका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा पुगेकाे छ । नेप्से ०.३४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.५७ अंकले बढेर ३८३.७७ विन्दुमा पुगेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ४ वटा उपसमूहकाे सेयर भने घटेकाे छ ।

आइतबार रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ९१ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ८४ रूपैयाँ ५० पैसा पुगेकाे छ ।

यस दिन नयाँ सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य २.८६ प्रतिशतले घटेर एक हजार ३ सय ६० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको