Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाईड्रोको आईपीओ बिकेन, लम्बियो म्याद

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १२ : १३ मा प्रकाशित

इष्टर्न हाईड्रोको आईपीओ बिकेन, लम्बियो म्याद

इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे आईपीओ नबिकेपछि म्याद थपिएकाे छ । निर्धारित समयमा बिक्री नभएपछि म्याद लम्बाएर भदौ २८ गतेसम्म पुर्याइएको छ ।

 कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

क-कसले भर्न पाउँछन् ?

यस आईपीओमा आयोजनाबाट अति प्रभावित भाेजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

यो आइपीओकाे प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ ।

कहाँबाट दिने आवेदन ?

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको