Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे नेप्से परिसूचक, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नेप्से

मंगलबार, २१ भदौ २०७९, १५ : ०४ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे नेप्से परिसूचक, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । लगातार बजार घट्न थालेपछि लगानीकर्ताहरू पनि निराश बनेका छन् । अहिले लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थामा देखिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेकाे छ । नेप्से १.०८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८९ अंकले घटेर ३७९.०५ विन्दुमा झरेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे ३२ लाख ९ हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

आज हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड १४ लाख १८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार छ । संस्थाकाे सेयरमूल्य ९.६८ प्रतिशतले बढेर एक हजार ४२ रूपैयाँ पुगेकाे छ । 

यस दिन सानिमा माइ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.३२ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ९१ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको