Like us!
Follow us!
Connect us!
Watch us!

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, ०९ : ०६ मा प्रकाशित

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

सुपर लघुवित्त  वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त संस्थाको रुपमा घोषणा गरेको छ। 

तुलसीपुर दाङमा रहेको उक्त संस्थालाई राष्ट्रबैंकले २०७८ असोज महिनाको वित्तीय विवरणको आधारमा  स्थलगत निरिक्षण गरेको थियो। निरिक्षणबाट उक्त संस्थाको संचालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मेलित भई संस्थाको हकहित विपरित व्यक्तिगत लाभको नक्कली ऋण खडा गरि कर्जा प्रवाह गरेको राष्ट्र बैंकको अनुगमनले पाएको छ। 

प्राथमिक पूंजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुदा उक्त संस्थालाई २०७८ चैत्र २ गते राष्ट्र बैंकले संस्थालाई राष्ट्र बैंकले समस्याग्रस्त गर्नु नपर्ने कुनै कारण भए स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। संस्थाले दिएको स्पष्टिकरण सन्तोषजनक नभएको भन्दै उक्त संस्थालाई राष्ट्र बैंकले  समस्या ग्रस्त संस्थाको रुपमा घोषणा गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको