Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनको सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार, आजको बैठकले अन्तिम रुप दिने

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, ०७ : ०४ मा प्रकाशित

गठबन्धनको सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार, आजको बैठकले अन्तिम रुप दिने

सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । कार्यदलका सदस्य एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन तयार भएको र यसलाई विहिबारको बैठकमा अन्तिम रुप दिइने जानकारी दिए ।

 ‘‘अत्यन्त संक्षिप्त कुरा तपाईंहरुमार्फत जानकारी गराउछुँ । जुन दिएको जिम्मेवारी छ, त्यस अनुसार प्रतिवेदन तयार गरेका छौं । अन्तिम रुप दिनका निमित्त विहिबार बिहान ९ बजे बैठक बस्छ ।’’

अन्तिम रुप दिएपछि प्रतिवेदन शीर्षस्थ नेतृत्वमा भोलि नै बुझाइने उनको भनाइ छ । यद्यपि सिट संख्याबारे भने थप छलफल गरेर औपचारिकरुपमा सार्वजनिक गरिने उनले बताए ।

उनले भने, ‘‘सिट संख्या करिब–करिब मिलेको छ । त्यसका निमित्त छलफलको आवश्यकता छ । प्रतिवेदन बनाउने काम प्रारम्भ गरिसकेका छौं ।’’

कुल ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ । कांग्रेसबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन कुमार थापा सदस्य छन् । नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट वेदुराम भुषाल, प्रमेश हमाल छन् ।

यसैगरी, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोेर्चाबाट हिमलाल पुरी, आनन्द शर्मा सदस्य छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको