Like us!
Follow us!
Connect us!
Watch us!

फेरी १० हजारको आसपास श्रीलंकाको सेयर बजार, कारोबार रकममा समेत उछाल

बसन्त पाण्डे

विहीबार, २३ भदौ २०७९, १५ : ४८ मा प्रकाशित

फेरी १० हजारको आसपास श्रीलंकाको सेयर बजार, कारोबार रकममा समेत उछाल

श्रीलंकाको सेयर बजारले फेरी अप ट्रेन्ड समातेको छ। २६ अप्रिल २०२२ को दिन ६८०० को विन्दुसम्म झरेको बजार यो समाचार तयार पार्ने बेलासम्ममा ९६०० को बिन्दुमा पुगेको छ। 

जनवरी १८, २०२२ मा १३,४०० को बिन्दु चुमेको श्रीलंकन बजारमा चरम आर्थिक संकट र राजनीतिक विचलन सँगै तिव्र गिरावट आएको थियो। १३,४०० को बिन्दुबाट खसेर बजार ६,८०० को बिन्दुसम्म झरेको थियो। करिब ४ महिनाको अवधिमै बजारमा ५०% को हाराहारीमा गिरावट आएको थियो। फेरी ४ महिना पनि नपुग्दै ४०% भन्दा धेरैले बजार बढिसकेको छ। कारोबार रकममा पनि उछाल आएको छ। बजार खसेर तल्लो बिन्दुतिर पुग्दै गर्दा कारोबार रकम खुम्चिएर मुस्किलले १/२ अर्ब मात्रै पुग्ने गरेको थियो भने आज परिसूचक ९,६०० को बिन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ९५ करोड पुगेको छ।  

श्रीलंकामा विदेशी मुद्रा संचिति शून्यप्राय: हुँदा औषधी, इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरुको आयात समेत ठप्प भएको समाचारहरु आइरहन थालेका छन्। महंगी चरम उत्कर्षमा पुगेको छ। आक्रोशित जनताहरुले राष्ट्रपति निवासलाई आफ्नो कब्जामा लिए सँगै राष्ट्रपती विदेश भागेका थिए। 

अन्यौलग्रस्त राजनीति, स्वदेशी मुद्राको व्यापक अवमूल्यन, इतिहासकै चर्को मुद्रास्फीति, उच्च अंकको ब्याजदरका बाबजुद पनि त्यहाँको सेयर बजारले फेरी अप ट्रेन्ड समाउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको