Like us!
Follow us!
Connect us!
Watch us!

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकर्सको आग्रह

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १६ : १७ मा प्रकाशित

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकर्सको आग्रह

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिए । 

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । उनले तरलता समस्याको कारण कोषले सहभागीहरुलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढी रहेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि वृद्धि भएको, विभिन्न बैंकहरुबाट जारी गर्ने डिबेन्चर निस्कासनमा वृद्धि हुन थालेको, खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे धारणा राखे । 

उनले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैँया रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि नेपालले जानकारी गराए ।  

कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखे । सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैंकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने खाँचोे औँल्याए । उनले कोषले अर्थतन्त्रमा योगदान पुर्याउने तर्फ कार्य गरीरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रतिवद्धता व्यक्त गरे ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको