दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दशैँ अफर अन्तर्गत पहिलो हप्ताका बिजेता सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक बिजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका हुन् । उनीहरू प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।
आइएमई दशैँ अफर २०७९
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली बिजेतालाई १० लाख उपहार स्वरूप प्रदान गरिनेछ ।
कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।
अफर अवधिका बिजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस