Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तलाई तुलना गरेर हेर्दा, कुन सूचकमा कुन बलियाे ?

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १२ : ५६ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तलाई तुलना गरेर हेर्दा, कुन सूचकमा कुन बलियाे ?

धिताेपत्र दाेश्राे बजारमा सूचिकृत नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै लगानीकर्ताहरूकाे चासाेमा पर्ने लघुवित्त हुन् । यी दुवै नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत नयाँ लघुवित्त र आर्थिक सूचकहरूका आधारमा पनि बलियो रहेका हुनाले यी दुई लघुवित्त लगानीकर्ताहरूको आकर्षणमा पर्ने गर्दछन् । 

आज हामीले यी दुई लघुवित्तको आर्थिक अवस्थालाई तुलनात्मक ढङ्गले हेर्ने प्रयास गरेका छौँ । दुवै कम्पनीकाे वित्तीय अवस्था नियाल्दा नेष्डो समृद्ध लघुवित्त जाल्पा लघुवित्त भन्दा अधिकांश सूचकमा अब्बल देखिन्छ । 

चुक्ता पूँजीको आधारमा

चुक्ता पूँजीको आधारमा नेष्डो समृद्ध लघुवित्त जाल्पा सामुदायिक लघुवित्त भन्दा अगाडी छ । चाैथाे त्रैमाससम्म आइपुग्दा नेष्डो समृद्ध लघुवित्तको चुक्ता पूँजी भने २५ करोड ५० लाख रुपैयाँ छ । यता जाल्पा लघुवित्तको चुक्ता पूँजी भने १६ कराेड रूपैयाँ छ । 

जगेडा कोषको आधारमा

असार मसान्तसम्ममा नेष्डो समृद्ध लघुवित्तको जगेडा कोषमा ६१ करोड ९० लाख ८६ हजार रूपैयाँ सञ्चित छ । यता जाल्पा सामुदायिक लघुवित्तको जगेडा कोषमा भने  ४७ करोड २६ लाख ६६ हजार रुपैयाँ सञ्चित छ । जगेडा कोषमा पनि नेष्डो समृद्ध लघुवित्त नै अब्बल छ ।

खुद नाफा

गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ करोड १९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यता जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड ८६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफाकाे हिसाबले हेर्दा पनि नेष्डाे समृद्ध लघुवित्त नै अगाडि छ । 

खुद व्याज आम्दानी

जाल्पा सामुदायिक लघुवित्तले ३५ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।  नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ३८ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो सूचकमा पनि नेष्डाे समृद्ध लघुवित्त लघुवित्त अघि छ ।

सञ्चालन नाफा

नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ३५ करोड २३ लाख २ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्दा जाल्पा सामुदायिक लघुवित्तले ९ करोड ४६ लाख ९८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ । सञ्चालन मुनाफाको आधारमा पनि नेष्डाे समृद्ध लघुवित्त जाल्पा लघुवित्त भन्दा अब्बल देखिएको छ । 

प्रतिसेयर आम्दानी 

असार मसान्तसम्म जाल्पा सामुदायिक लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ६१ रुपैयाँ ६६ पैसा पुगेको छ । यता नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा रहेको छ । ईपीएस पनि जाल्पा सामुदायिक लघुवित्तकाे बढी छ । 

प्रतिसेयर नेटवर्थ

चाैथाे त्रैमाससम्म नेष्डाे समृद्ध लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा पुग्दा जाल्पा सामुदायिक लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ ७ पैसा पुगेकाे छ । प्रतिसेयर नेटवर्थ भने जाल्पा सामुदायिक लघुवित्तको धेरै छ । 

मूल्य आम्दानी अनुपात (पीई रेसियो)

समिक्षा अवधिमा नेष्डाे समृद्ध लघुवित्तको मूल्य आम्दानी अनुपात २६.१६ गुणा रहेको छ भने जाल्पा सामुदायिक लघुवित्त मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ । 

खराब कर्जा (एनपिएल)

एनपिएल तुलना गर्दा नेष्डाे समृद्ध लघुवित्तकाे एनपिएल जाल्पा सामुदायिक लघुवित्तकाे भन्दा बढी देखिन्छ । नेष्डाे समृद्ध लघुवित्तको एनपिएल ४.४७ प्रतिशत रहेको छ भने जाल्पा सामुदायिक लघुवित्तको एनपिएल २.३२ प्रतिशत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको