Like us!
Follow us!
Connect us!
Watch us!

आकर्षक वित्तीय विवरण निकाल्दै बैंकहरू, कुनको लाभांश क्षमता कति ?

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १४ : ०० मा प्रकाशित

आकर्षक वित्तीय विवरण निकाल्दै बैंकहरू, कुनको लाभांश क्षमता कति ?

यतिबेला वित्तीय विवरणको लहर चलिरहेको छ । नयाँ आर्थिक वर्ष सुरू भएसँगै सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा बैंक वित्त संस्था अघि देखिएका छन् ।

हालसम्म ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । समग्रमा ४ वटै बैंकको विवरण आकर्षक देखिएको छ । बैंकहरूको प्रस्तुती राम्रो देखिएको छ । आज हामी यहाँ तीनै ४ वटा बैंकहरूको प्रमुख सूचकहरूको बारेमा चर्चा गर्नेछौँ । 

आज साउन १९ गतेसम्म सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र सिद्दार्थ बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  जसमध्ये, सबैभन्दा धेरै लाभांश क्षमता सानिमा बैंकको छ । बैंकले १७.७३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ । 

४ वटा बैंकका प्रमुख वित्तीय सूचकलाई तुलनात्मक रूपमा हेरौँ :

खुद नाफा 

४ वटा बैंकमध्ये खुद नाफामा सिद्धार्थ बैंक अब्बल देखिएको छ । चौथो त्रैमाससम्म सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब १९ करोड १ लाख ११ हजार रूपैयाँ पुगेको छ । त्यसपश्चात् सानिमा बैंकको नाफा २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रूपैयाँ रहेको छ । सिटिजन्स बैंकको नाफा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रूपैयाँ रहेको छ । 

वितरणयोग्य मुनाफा

वितरणयोग्य मुनाफामा ४ वटा बैंकमध्ये माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै छ ।  चौथो त्रैमाससम्म  माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रूपैयाँ रहेको छ । सानिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रूपैयाँ, सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रूपैयाँ र सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

लाभांश क्षमता

वित्तीय विवरण सार्वजनिक गरेका ४ वटा बैंकहरूमध्ये सानिमा बैंकको लाभांश क्षमता उच्च छ । सानिमा बैंकले १७.७३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ ।  त्यसपश्चात् माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत, सिटिजन्स बैंकले ७.३० प्रतिशत र सिद्धार्थ बैंकले ५.६५ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ ।

ईपीएस

ईपीएसमा सिद्धार्थ बैंक अब्बल छ । सिद्धार्थ बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २२ रूपैयाँ ६४ पैसा, सानिमा बैंककाे ईपीएस २१ रूपैयाँ २ पैसा, माछापुच्छ्रे बैंककाे ईपीएस १८ रूपैयाँ ५ पैसा र सिटिजन्स बैंक १५ रूपैयाँ ५९ पैसा रहेकाे छ । 

प्रतिसेयर नेटवर्थ

४ वटा बैंकहरूमध्ये सिद्धार्थ बैंककै प्रतिसेयर नेटवर्थ धेरै छ । सिद्धार्थ बैंककाे प्रतिसेयर नेटवर्थ १८० रूपैयाँ ७३ पैसा, माछापुच्छ्रे बैंककाे प्रतिसेयर नेटवर्थ १५९ रूपैयाँ १ पेसा, सानिमा बैंककाे प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ५१ पैसा र सिटिजन्स बैंककाे प्रतिसेयर नेटवर्थ १५० रूपैयाँ ८ पैसा रहेकाे छ ।  

वित्तीय विवरण सार्वजनिक गरेका ४ वटै बैंकहरूकाे मूल्य आम्दानी अनुपात (पीई रेसियाे) १५ भन्दा कम रहेकाे छ । १५ भन्दा कम पीई रेसियाे भएका कम्पनीहरूमा गरिने लगानी सुरक्षित मानिन्छन् ।

तथ्याङ्कमा हेर्नुहाेस् बैंकहरूकाे प्रमुख सूचक :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको