Like us!
Follow us!
Connect us!
Watch us!

आईफोन-१४ नेपालमा नचल्ने !

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १३ : ५० मा प्रकाशित

आईफोन-१४ नेपालमा नचल्ने !

एप्पल कम्पनीले अमेरिकामा बनाएको आईफोन १४ का कुनै पनि मोडलहरु नेपालमा तत्काल नचल्ने भएका छन् । आईफोन १४ का अमेरिका मोडलमा अहिलेको सामान्य सिम सपोर्ट नगर्ने भएकाले उक्त फोनमा अहिले सिम हाल्न मिल्दैन । 

उक्त युस मोडलमा इसिम मात्र सपोर्ट गर्ने एप्पलले जनाएको छ । तर नेपालमा अहिलेसम्म पनि कुनै पनि दुरसञ्चार प्रदायक कम्पनीहरुले ईसिमको विकास गरेका छैनन् यद्यपी अहिले नेपाल टेलिकमले भनि ईसिमको अन्तिम परिक्षण भइरहेको जनाएको छ । अहिलेकै अवस्थामा काम भए आगामि एक महिना भित्रमा नेपालमा समेत ईसिम प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

युस बाहेक अन्य देशका आईफोन १४ का मोडलहरुमा भने अहिले कै सिम कार्ड नै चल्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको