Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेकाे ओरालो यात्रामा निरन्तरता, ७४ कराेडमा झर्याे काराेबार रकम !

नेप्से

आइतबार, २६ भदौ २०७९, १५ : १० मा प्रकाशित

नेप्सेकाे ओरालो यात्रामा निरन्तरता, ७४ कराेडमा झर्याे काराेबार रकम !

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा झरेकाे छ । नेप्से ०.५९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.०६ अंकले घटेर ३७४.७८ विन्दुमा झरेकाे छ ।

कूल २२१ वटा कम्पनीकाे २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ करोड ७२ लाख २६ हजार ६ सय २५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूह बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । 

आइतबार हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३ कराेड ९५ लाख ७८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.५६ प्रतिशतले बढेर ५ सय ४ रूपैयाँ पुगेकाे छ । 

यस दिन हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.८२ प्रतिशतले घटेर २ सय ६८ रूपैयाँ ८० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको