Like us!
Follow us!
Connect us!
Watch us!

कुनै काम गर्न नपाउने गरी थप १२ कम्पनी सरकारको कालोसुचीमा

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ०६ : ४२ मा प्रकाशित

कुनै काम गर्न नपाउने गरी थप १२ कम्पनी सरकारको कालोसुचीमा

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । २७ भाद्रदेखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि १.५ वर्षसम्म कालो सूचीमा  राखेको हो ।

ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जानकारी दिएको छ । 

सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ । 

यी हुन् कालोसूचिमा परेका १२ कम्पनीहरुः

631e8485dd90b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको