Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्याे भाेल्युम, नबिल बैंक काराेबारमा अब्बल

नेप्से

सोमबार, २७ भदौ २०७९, १५ : ०४ मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्याे भाेल्युम, नबिल बैंक काराेबारमा अब्बल

आज (साेमबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । लगातार छैठाैँ दिन बजार घटेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ विन्दुमा झरेकाे छ । नेप्से ०.७१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३९ अंकले घटेर ३७२.३४ विन्दुमा झरेकाे छ ।

कूल २२५ वटा कम्पनीकाे २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४ कराेड ७ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.१७ प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेकाे छ । 

यस दिन १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.५८ प्रतिशतले घटेर ९ सय ५९ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको