Like us!
Follow us!
Connect us!
Watch us!

एससिटीको दमदार दसैँ धमाका : थ्री डी अफर र ३३ प्रतिशतसम्म छुटको व्यवस्था

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १७ : ४४ मा प्रकाशित

एससिटीको दमदार दसैँ धमाका : थ्री डी अफर र ३३ प्रतिशतसम्म छुटको व्यवस्था

नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी  अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिनेछ । हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।

साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । मात्र रू. १,५०० बराबर को पोस  कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३।३३५ सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको